तपाईँ सुन्दै हुनुहुन्छः

ढुङ्गाले कारमा लाग्दा दुई जना घाइते

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट ढुङ्गा खस्दा कारमा सवार दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ दिपनगरकी ३७ वर्षीया जुलन गैरे र बुटवल जेसीज चोककी ६२ वर्षीया राधिका ढकाल रहेका छन् । दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको बुटवलमा उपचार भइरहेको छ ।

आज साँझ करिब ६ बजेर ३५ मिनेटमा अचानक सडक माथिबाट खसेको ढुङ्गाले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा २० च ३९९९ नम्बरको कारमा लागेको थियो । ढुङ्गा लाग्दा कारमा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । कारमा चालकसहित तीन जना सवार रहेका  थिए ।

कार चालक रुपन्देही शुद्धोधन गाउँपालिका–२ कोलुवाका ३६ वर्षीय राजकुमार लोध भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button