तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौँ। पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा ९एमाले० का नेताहरू आवासीय  बैठकमा व्यस्त छन्।

गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयलगायतको समीक्षा गरेर पार्टी र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनः गठनका लागि सुझाव दिन गठित सो कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेपलाञ्चोकमा आवासीयरूपमा रहेर छलफल गरिरहेको जनाइएको छ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार शनिबार बैठकका लागि त्यता जानुभएका नेताहरू छलफल सकेर आइतबार काठमाडौँ फर्कनुहुनेछ।

 पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित कार्यदलले प्रदेशगतरूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शङ्कर पोखरेलबाट तयार गरिएको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो । महासचिव पोखरेलको प्रतिवेदनमा अधिकांश नेताहरूको सहमति रहेको जनाइए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरू छलफल गरिएको हो ।

गत जेठ १० गते सम्पन्न एमालेको सचिवालयको आठौँ बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । गत जेठ २६ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेशगत रूपमा सुझाव लिने कार्यतालिका बनाएको थियो ।

गत शुक्रवारको बैठकमा दुई फरक फरक प्रतिवेदन प्रस्तुत भएपछि सबै विषय समेटेर एकै प्रतिवेदन बनाएर सचिवालयको बैठकमा पेस गर्ने कार्यदलको तयारी छ ।

भोटेकोशी बाढीपछिको अवस्थामा एमालेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आगामी असोज ५,६ र ७ गतेका लागि तोएिकाले कार्यदललाई प्रतिवेदन अन्तिम रुप दिने प्रयास जारी रहेको जनाइएको छ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button