मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
कर्णाली। मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बरिपाटीका ५५ वर्षीय आशा बुढाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार सडकपेटीमा हिँडिरहेका बुढा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएपछि माया नर्सिङ होम पुर्याइएको थियो । त्यहाँबाट कर्णाली प्रदेश अस्पताल पुर्याइएकामा निजको उपचारका मृत्यु भएको हो । मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।






प्रतिक्रिया राख्नुहोस्