कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सचिवमा सह–सचिव रामबहादुर कुरुम्वाङलाई पदस्थापना गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कुरुम्वाङलाई आयोगको सचिवमा पदस्थापना गर्ने निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेशसभा सदस्यलाई नियमानुसार स्वकीय सचिव सुविधा उपलब्ध गराउन प्रदेश सभालाई लेखी पठाउने निर्णय पनि प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । साथै, ईलाका प्रहरी कार्यालय राकम, दैलेखको अधुरो भवनका लागि १ करोड ६ लाख ५० हजार अख्तियारी माग गरेको छ ।
दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन ऐन, २०८१ को पहिलो संशोधन विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्कालाई प्रदेश सरकारको प्रवक्ता तोकेको छ ।








प्रतिक्रिया राख्नुहोस्