मुख्यमन्त्री भट्टद्वारा गौरा पर्वको शुभकामना
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गौरा पर्वका अवसरमा सम्पूर्ण प्रदेशवासीमा सुख शान्ति समृद्धिका लागि शुभकामना व्यक्त गर्नु भएको छ ।
गौरा पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले गौरा पर्व लोक संस्कृति, मौलिक परम्परा,आस्था, धार्मिक पहिचानसँग जोडिएको महान् पर्व भएको बताउनु भयो ।
मुख्यमन्त्री भट्टले गौरा पर्वले सामाजिक एकता,आपसी भाइचारा, सहिष्णुतालाई थप सुदृढ बनाउन निकै टेवा पुर्याएको बताउनु भयो । उहाँले विविधताबीचको एकतासँगै धार्मिक तथा सांस्कृतिक सम्पदाको संवर्द्धन गर्न गौरा पर्वको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।
उहाँले श्रीकृष्ण जन्माष्टमी पर्वले सत्य, धर्म, न्याय, प्रेम, सद्भावको मार्गमा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नु भएको जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्