तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ९५ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार २ सय ९५ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । 

जसमध्ये रसुवामा १ सय ४० जना, नुवाकोटमा १ सय ८६ जना, धादिङमा ६५ जना, चितवनमा ३ सय ५९ जना, गोरखामा ७३ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २२ जना र नवलपरासी पश्चिम १ सय ९४ जना र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी १ हजार २ सय ९५ जनाको शव फेला परेको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म २ सय २२ महिला, ३ सय ५५ पुरुष र ४ सय ५३ नखुलेको गरी जम्मा १ हजार ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । 

यसैगरी शव पहिचानका लागि मृतकका १ हजार २ सय ६० र आफन्तका ८ सय ४६ गरी कुल २ हजार १ सय ६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

साथै पहिचान नभएको १ हजार २ सय ७० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

त्यस्तै हालसम्म बाढीका कारण प्रभावित १३ हजार भन्दा बढीको उद्धार गरिएको छ भने बेपत्ता भएका ४ हजार ८ सय ९८ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button