इटहरीमा विद्युत् प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

सुनसरी I नेपाल विद्युत् प्राधिकरण इटहरी शाखामा कार्यरत सातौँ तहका इन्जिनियर कृष्ण यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित टोलीले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
सेवाग्राहीको काम गरिदिने भन्दै यादवले घुस मागेको भन्ने गोप्य सूचनाका आधारमा अख्तियारले उनीमाथि निगरानी बढाएको थियो। निगरानीका क्रममा यादवले सेवाग्राहीबाट घुसबापतको रकम बुझ्न लागेको सूचना पाएपछि अख्तियारको टोलीले उनलाई पछ्याएको थियो।
अख्तियारको टोलीले यादवलाई इटहरी उपमहानगरपालिका–९ स्थित दृष्टि खाजा घरबाट सेवाग्राहीसँग ५० हजार रुपैयाँ नगद बुझ्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका यादवमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्