तपाईँ सुन्दै हुनुहुन्छः

रसुवा बाढी: सुदूरपश्चिम प्रदेशका २८ जना सम्पर्कमा, अझै १४२ जना सम्पर्कविहिन

धनगढी। भोटीकोसी बाढीका कारण सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका २८  जना सम्पर्कमा आएका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदम बहादुर बिष्टले हालसम्म २८ जना परिवारको सम्पर्कमा आएको बताउनु भयो । उहाँले सम्पर्कमा आउनेहरू मध्य कैलालीका १८ जना , कञ्चनपुरका ९ र डडेल्धुराका १ जना रहेको बताउनु भयो । भोटेकोसी बाढीका कारण १४२ जना अझै सम्पर्कविहीन रहेको उहाँले बताउनुभयो ।

बाढीका कारण कैलालीका ७९, कञ्चनपुरका ४३, डडेल्धुराका १७, बाजुराका १४, बैतडीका ८, दार्चुलाका ४, डोटीका २, बझाङका २, अछामका १ जना सम्पर्कविहीन भएको प्रहरी तथ्याङ्क छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूमा सुरक्षाकर्मी, कर्मचारी, कामदार रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button