तपाईँ सुन्दै हुनुहुन्छः

उच्च सतर्कता अपनाउन प्राधिकरणको अनुरोध

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएकै क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको जनाएको छ । 

थप बाढी आउन सक्ने जोखिम रहेकोले भोटेकोशी एवं त्रिशुली नदी किनारमा उद्धार एवं राहतमा खटिनुभएका एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएका सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button