रसुवा बाढी: भक्तपुर जिल्लाका २८ जना सम्पर्कविहीन
भक्तपुर। भक्तपुर जिल्लाका २८ जना सम्पर्कविहीन भएका छन् । बुधबार भोटेकोशीमा आएको बाढीका कारण अलपत्रमा परेकाहरू सम्पर्कविहीन भएका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले आज बिहान दिएको जानकारीअनुसार परिसरमा २८ परिवारले सम्पर्क गरी आफन्त खोजिदिन आग्रह गरेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक कार्कीले अलपत्रमा परेकाहरूको खोजी भइरहेको जानकारी दिनुभयो ।रासस








प्रतिक्रिया राख्नुहोस्