रसुवाको जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार
काठमाडौँ । रसुवास्थित जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले उद्धार कार्य तीव्र पारेको छ।
जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बीच सेनाको उद्धार टोलीले आज बिहानैदेखि सुरुङभित्र खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ।
सेनाले हालसम्म सुरुङबाट दुई जनाको सकुशल उद्धार गरेको जनाएको छ।
सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन हुन सकेको छैन। उनीहरूको खोजी तथा उद्धारका लागि सेनाको टोली परिचालन भइरहेको छ।
अप्ठ्यारो र जोखिमपूर्ण सुरुङभित्र विशेष प्राविधिक उपकरण तथा तालिमप्राप्त जनशक्ति परिचालन गरी उद्धार कार्य जारी राखिएको नेपाली सेनाले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्