बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
चितवन । चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत खैरहनी–१ तरकारी चोकमा शनिबार दिउँसो १२ः३० बजेको समयमा नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०१–०१५प ३३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार दुवै जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका मोटरसाइकल चालक अन्दाजी ३२ वर्षका पुरुषको दिउँसो १ः५५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको र पछाडि सवारी अन्दाजी २६ वर्षकी महिलाको दिउँसो २ बजेको समयमा मृत्यु भएको हो ।
प्रहरीले बस चालक सर्लाही हरीवन नगरपालिका–८ बस्ने वर्ष ५१ का अजय कुमार मास्केलाई नियन्त्रणमा लिएको छ । ती दुवै सवारी इलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्