तपाईँ सुन्दै हुनुहुन्छः

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्षमा सीमित गरिने भएको छ । 

अर्थ समितिको आजको बैठकमा  गभर्नर र सञ्चालकहरूको पाँच वर्षको कार्यकाललाई तीन वर्षमा सीमित गर्न सहमति भएको हो । 

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा गभर्नरको कार्यसम्पादन सन्तोषजनक भएमा दुई वर्ष पदावधि थप्न   सकिने प्रस्ताव विधेयकमा गरिएको समितिका सभापति कृष्णहरि बुढाथोकीले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button