तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार सुरु गर्नुभएको छ ।

सञ्चारग्रामस्थित काउन्सिलमा आज आयोजित एक कार्यक्रमबीच अध्यक्ष उमेश श्रेष्ठले सदस्यहरू नम्रता शर्मा, प्रकाशभक्त माथेमा, रविराज बराल र उपासना घिमिरेलाई शपथ ग्रहण गराउँदै काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधिलगायत सामग्री प्रदान गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रका दिग्गज सदस्य पाइएको बताउँदै अब आफूहरूले केही न केही नयाँ परिवर्तन गरेरै जानुपर्ने बताउनुभयो ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलको संस्थागत संस्कारका बारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button