तपाईँ सुन्दै हुनुहुन्छः

बासुदेव खोलाले बगाएर बेपत्ता दुई बालिकाको खोजी जारी

हेटौंडा । मकवानपुरको हेटौंडा–१९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकाको खोजी बुधबार बिहानदेखि पुनः सुरु गरिएको छ।

मंगलबार खोलाले बगाएका चार विद्यार्थीमध्ये रेशमा स्याङतान मृत फेला परेकी थिइन् भने सिमा बोलनको सकुशल उद्धार गरी हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

बेपत्ता हुनेमा ११ वर्षीया सुमित्रा बोलन र १२ वर्षीया बिनिता बोलन रहेका छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी परिचालन भएका छन्।

बासुदेव खोलासँगै करिब तीन किलोमिटर तल रहेको राप्ती खोलामा समेत खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button