तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयबाट घर फर्किँदै गरेका ४ जना विद्यार्थीलाई खोलाले बगायो

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१९ स्थित वासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका ४ जना विद्यार्थीलाई बगाएको छ।

निर्मल माध्यमिक विद्यालय हेटौँडा–१९ मा अध्ययनरत उनीहरू पढेर घर फर्किने क्रममा खोलाले बगाएको हो। बगाइएका सबै विद्यार्थी कक्षा ५ भन्दा कम तहमा अध्ययनरत रहेको बताइएको छ।

घटनापछि उनीहरूको खोजी कार्य जारी रहेको छ । १ जना मृत अवस्थामा फेला परेको स्थानीयले जनाएका छन् ।  र बाँकी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button