बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिनुभएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पदबाट राजीनामा दिनुभएको हो।

प्रदेशसभामा विश्वासको मत लिनुअघि नै उहाँले आफ्नो कार्यकालमा गरिएका कामहरूको सम्बोधनसहित राजीनामाको घोषणा गर्नुभयो।
मुख्यमन्त्री बानियाँको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।








प्रतिक्रिया राख्नुहोस्