तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा। यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ । थबाङ –५ बोटलबारामा गएरातिको पहिरोले घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

पहिरोमा परेका छ घरमा १० जना वेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा गए राति नै प्रहरी टोली परिचालित भएका थिए । आज बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरुको खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरुको टोली घटनास्थलमा पुगेर बेपत्ताहरुको खोजी जारी राखेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button