तपाईँ सुन्दै हुनुहुन्छः

बजेटविहीन मधेशका चार नगरपालिकामा सङ्घीय टोलीले छलफल गर्ने

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ का लागि बजेट पेस हुन नसकेका मधेश प्रदेशका चार स्थानीय तहमा सङ्घीय मन्त्रालयले स्थलगत छलफल अघि बढाउने भएको छ।

बजेट अवरुद्ध हुँदा सेवा प्रवाह र विकास निर्माण प्रभावित भएपछि समस्या समाधानका लागि मन्त्रालयले स्थलगत रूपमै सहजीकरण गर्न लागेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवको नेतृत्वमा खटिने टोलीले धनुषाको कमला नगरपालिका तथा रौतहटका गरुडा, फतुवा विजयपुर र मौलापुर नगरपालिका पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूसँग प्रत्यक्ष छलफल गर्नेछ।

छलफल टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका सङ्घका अध्यक्षसहितका प्रतिनिधिहरू सहभागी हुने मन्त्रालयले जनाएको छ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button