तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित ४ जना पक्राउ

पर्सा। पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार नगदसहित चार जनालाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका–१० बाट प्रहरीले भारतको बिहार राज्य निवासी सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ तथा पर्साको विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्तालाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा खानतलासी गर्दा निजहरूको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिनुभयो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button