तपाईँ सुन्दै हुनुहुन्छः

स्पिकरको एम्प्लिफायर जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

बारा । बाराको फेटा गाउँपालिका वडा नं.७ कुकुरभुक्कामा स्पिकरको एम्प्लिफायरको तार विद्युत् बोर्डमा जोड्ने क्रममा करेन्ट लाग्दा १८ वर्षीय युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा फेटा गाउँपालिका वडा नं.७ निवासी लक्ष्मी साह तेलीका छोरा गणेश साह तेली रहेका छन् । प्रहरीका अनुसार सोमबार दिउँसो करिब १२ बजे स्थानीय रूप नारायण साह कानुको घरमा शिव गुरुको पूजा आयोजना गर्ने तयारी भइरहेको थियो । 

पूजाका क्रममा भजन बजाउनका लागि स्थानीय महिलाहरूले सामूहिक रूपमा खरिद गरेको स्पिकरको एम्प्लिफायरको तार विद्युत् बोर्डमा जोड्ने क्रममा गणेशलाई करेन्ट लागेर गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । अस्पतालमा दिउँसो १२ बजेर ३८ मिनेटमा ईसीजी परीक्षण गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button