तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव  भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर  रु तीन लाख एक हजार ५०० कायम भएको छ । हिजो आइतबार एक तोला सुन रु तीन लाख  लाख एक हजार ७०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु चार हजार ६७० पुगेको छ । हिजो  एक तोला चाँदी रु चार हजार ६४५ मा किनबेच भएको थियो ।  

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३२२ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button