तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोको जोखिममा रहेको दुई घरका मानिसलाई सुरक्षित सारियो

दोलखा । बुधवार राति अविरल बर्षाका कारण दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ वलीटारको दुई घर उच्च जोखिममा परेपछि तत्कालै सशस्त्र प्रहरी बल, जनपथ प्रहरी र स्थानीयले उक्त घरका मानिसलाई सुरक्षित स्थानमा सारेका छन् ।

अविरल बर्षाका कारण पहिरो खसेर पिरलो खोला बढी स्थानीय कमल प्रसाद ओली र रत्न कुमारी ओलीको घर उच्च जोखिममा परेपछि उनीहरूको परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी नायव निरीक्षक शेखर कार्कीले बताउनुभयो ।

अविरल बर्षाले पहिरो खसेर खोला बढी वस्ति जोखिममा परेको खबर प्राप्त हुनासाथ बुधवार रातिनै विपद् प्रतिकार्य वेस सिंगटीबाट सशस्त्र प्रहरी नायव निरीक्षक शेखर कार्कीको कमाण्डमा खटिएको टोलीले उच्च जोखिममा रहेको दुई घरको परिवारलाई सुरक्षित स्थानमा सारेको स्थानीयले बताएका छन् ।

वलीटारमा रहेका नौ घर धुरीमा अन्य घरहरू भने सुरक्षित नै रहेको सशस्त्र प्रहरी नायव निरीक्षक कार्कीले बताए । पिरलो खोला बढेर सिंगटी-लामाबगर सडक समेत अवरूद्ध भएकोमा बिहीबार बिहानै पहिरो पन्छाएर सडक सुचारु गरिएको सशस्त्र प्रहरी नायव निरीक्षक कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button