तपाईँ सुन्दै हुनुहुन्छः

पुरातात्त्विक सम्पदाको संरक्षणमा जोड दिन सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले मुलुकको ऐतिहासिक, साँस्कृतिक र पुरातात्त्विक सम्पदाको संरक्षणमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा सांसदहरुले प्रत्येक प्रदेशबाट कम्तीमा एउटा पुरातात्त्विक सम्पदा विश्व सम्पदा सूचीमा समावेश गर्न पहल कदमी लिन सरकारलाई अनुरोध गर्दै विश्व सम्पदा सूचिमा सूचीकृत राष्ट्रिय सम्पदाहरूको प्रवर्द्धनमा सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

बैठकमा पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बजेट र जनशक्ति अभावमा पुरातात्त्विक महत्वका सम्पदाहरूको खोज अनुसन्धान गर्न कठिन परेको बताउनुभयो । 

समिति सभापति पूजा चौधरीले नेपालका ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्वका  सम्पदाको खोज अनुसन्धान गरी अन्तर्राष्ट्रिय तहमा प्रचारप्रसार गर्न सके  थप पर्यटक भित्रिने हुँदा यस सम्बन्धमा सम्बन्धित मन्त्रीहरूसँग पनि समितिले छलफल गर्ने जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button