तपाईँ सुन्दै हुनुहुन्छः

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौँ । अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी)मा संलग्न चार जना पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो ।

गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौँको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरूको साथबाट ल्यापटप, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल, ब्याट्री, इन्टरनेट हब, राउटरलगायत सामग्री बरामद गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button