जनकपुरधाममा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकाको चार किल्ला क्षेत्रमा यस अघि लगाउँदै आएको कर्फ्यु आदेश आजबाट हटाएर निषेधाज्ञा आदेश जारी गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले आज जारी गर्नु भएको निषेधाज्ञा आदेशमा बिहान १० बजे देखि निषेधित क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला नहुने गरि जनकपुरधामको चार किल्ला भित्र निषेधाज्ञा आदेश जारी गर्नुभएको हो ।
निषेधाज्ञा आदेश जारी भएको अवधिमा सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरि स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३क) बमोजिम आदेश जारी गरिएको छ । उक्त कानूनको उल्लङ्घन गर्नेलाई तत्काल नियन्त्रणमा लिएर प्रचलित कानून अनुसार कार्यवाही गर्ने सूचनामा उल्लेख रहेको छ ।
निषेधाज्ञा आदेश जारी भएको क्षेत्रमा जनकपुरधामको उत्तरमा लक्ष्मीनिया हाटबजार चोक हँुदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुरसम्म, पूर्वमा बेलौनी रोड एम क्यू. स्टीलवाट ५०० सय मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडक देखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणमा नगराईन नगरपालिका देखि नगराईन चोकसम्म र पश्चिममा सिनुरजोडा–सोहनी–मणिमण्डप–नेपाल नर्सरी–ईस्कोन जनकपुर–दुग्धमति पुल, बेला कादमी मस्जिदसम्म तोकिएको छ ।
पछिल्लो समयमा तुलनात्मक रुपमा शान्ति सुरक्षाको अवस्थामा सुधार आएको भन्दै कफ्र्यू आदेशको ठाउँमा निषेधाज्ञा आदेश जारी गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्