तपाईँ सुन्दै हुनुहुन्छः

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ I अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत कर्मचारी तथा लेखापढी व्यवसायीले रु तीन लाख घुस मागेको भन्दै पाँच जनालाई शुक्रबार नियन्त्रणमा लिएको छ । 

सो कार्यालयका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर र लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवालसमेतको मिलेमतोमा जग्गाको बकसपत्र गराउने कामका लागि दुःख हैरानी दिई सेवाग्राहीसँग रु तीन लाख घुस÷रिसवत माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा निजहरूलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस/रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button