तपाईँ सुन्दै हुनुहुन्छः

फिफाले निजी लगानी भित्र्याउने योजना अघि बढाए प्रतियोगिता बहिष्कार गर्ने चेतावनी

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकायले विश्वकप लगायत आफ्ना प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अघि बढाए युरोपका ५५ सदस्य राष्ट्रले सबै विश्वकप प्रतियोगिताको बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

युरोपेली फुटबल महासङ्घका ५५ सदस्य राष्ट्रहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । विश्व फुटबलको सर्वोच्च निकायले केही दिनअघि विश्वकप लगायतका प्रतियोगिताको व्यवस्थापन गर्न छुट्टै व्यावसायिक संस्था स्थापना गरी त्यसमा निजी लगानीकर्तालाई हिस्सेदारी दिने प्रस्ताव सार्वजनिक गरेको थियो ।

उत्तर तथा मध्य अमेरिकाको फुटबल सञ्चालन गर्ने महासङ्घका ४१ सदस्य राष्ट्रहरूले पनि उक्त प्रस्ताव अस्वीकार गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button