तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक: राष्ट्रिय विविध विज्ञान प्रयोगशाला विधेयक माथि दफावार छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा राष्ट्रिय विविध विज्ञान प्रयोगशाला विधेयक २०८१ माथि दफावार छलफल भएको छ । 

बैठकमा विधेयकको दफा ११ को  उपदफा १ मा रहेको पुनः परीक्षणको व्यवस्थामा कुनै पनि अपराधको रिपोर्ट उपर चित्त नबुझे अदालतको सिफारिसमा पुनः परीक्षण गर्न सकिने र पुन परीक्षण गर्दा फरक  प्रयोगशालाको प्रयोग गर्नुपर्ने प्रावधान समावेश गर्न सांसदहरुले संशोधन राख्नुभयो ।

बैठकमा सांसदहरु डा. तोसिमा कार्की, डा लेखजंग थापा, गुरु बराल, डा प्रमीलाकुमारी गच्छादार, रमेशकुमार मल्ललगायतले  जुनसुकै अपराधमा अदालतको फैसला नआउँदासम्म परीक्षणका लागि सङ्लन गरिएका नमुना सुरक्षित राख्नुपर्ने, अपराधअनुसार नमुना राख्ने समय तोकिनुपर्ने गरी विधेयक संशोधन गर्न प्रस्ताव गर्नुभयो । 

समिति सभापति डा. ओजस्वी शेरचनले राष्ट्रियसभाबाट पारित भई प्रतिवेदनसहित आएको राष्ट्रिय विविध विज्ञान प्रयोगशाला विधेयक २०८१ का धेरैजसो संशोधनहरू राष्ट्रियसभाले गरेकै स्वीकार गरी थप बुँदाहरू राखेर अघि बढ्दा उपयुक्त हुने जानकारी गराउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button