राष्ट्रपतिद्वारा पूर्व राष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्ज लगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा प्रथम राष्ट्रपति डा रामबरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतलमा शुक्रबार भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राख्नुभएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी थियो ।
प्रथम राष्ट्रपति डा यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीति दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्