तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषधसहित तीन जना पक्राउ

विराटनगर। लागुऔषधसहित तीन जनालाई  पक्राउ गरिएको छ । 

झापा, मोरङ र उदयपुर जिल्लाका विभिन्न स्थानबाट अजय सुनार, किरण थापा र खगेन्द्र महत पक्राउ परेका हुन् । उनीहरुलाई क्रमशः एक ग्राम ५८० मिलिग्राम, ३७० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 

चिकित्सकको सिफारिसबिना ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेटसहित खगेन्द्र महतलाई नियन्त्रणमा लिइएको छ ।  पक्राउ परेकाहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button