तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाहद्वारा मधेशबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग छलफल सुरु

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग छलफल सुरु गर्नुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र त्यसबाट उत्पन्न अवस्थामा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

छलफलमा सांसदहरु रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा,  रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, बिक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानी लगायत सांसद उपस्थित हुनुहुनेछ ।

प्रधानमन्त्री शाहले यसअघि आजै मधेस केन्द्रित दलका नेताहरूसँग पनि छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button