सामाजिक सञ्जालमा भ्रामक र उत्तेजक सामग्री नराख्न पर्सा प्रशासनको अपिल

वीरगञ्ज (पर्सा) I पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सामाजिक सञ्जालमार्फत धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने र शान्ति सुरक्षामा आँच पुर्याउने खालका सामग्री पोष्ट नगर्न आग्रह गर्नुभएको छ।
प्रमुख जिल्ला अधिकारी दाहालले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा उत्तेजना फैलाउने भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोष्ट, लाइक, कमेन्ट तथा सेयर नगर्न अपिल गर्नुभएको हो।
जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र कुनै पनि जुलुस वा प्रदर्शनमा सहभागी नहुन पनि स्थानीय प्रशासनले अनुरोध गरेको छ।
साथै, भावनामा बगेर कानुन हातमा लिने वा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जस्ता गैरकानुनी कार्य पूर्णतः दण्डनीय हुने भएकाले त्यस्ता गतिविधिमा संलग्न नहुनसमेत प्रजिअ दाहालले अपिल गर्नुभएकाे छ ।








प्रतिक्रिया राख्नुहोस्