तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसँग सभामुख अर्यालको भेट, राजनीतिक र संसदीय गतिविधिबारे जानकारी

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गर्नुभएको छ।

आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सभामुख अर्यालले मुलुकको समसामयिक राजनीतिक अवस्था तथा संसदीय गतिविधिबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

भेटका क्रममा राजनीतिक तथा संसदीय विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button