क्रिकेटर ऐरी अलराउन्डर वरियताको तेस्रो स्थानमा
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२०आई अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् ।
आइसिसीले मङ्गलवारसम्मको अपडेट राखी बुधबार अध्यावधिक गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट तेस्रो स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक २५६ नै कायम छ ।
नेपाली पुरुष टोलीले पछिल्लो समय टी–२०आई खेलेको छैन । दीपेन्द्र भन्दा माथि रहेका हार्दिकको वरियता खस्केकाले उनी माथि उक्लिएका हुन् । हार्दिक पनि खेल भने खेलेका छैनन् ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२० छ । दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् । रस्टन चेज चौथोमा उक्लँदा हार्दिक तेस्रोबाट पाँचौँमा झरेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्