रोल्पामा ७६ प्रतिशत विद्युतीकरण
रोल्पा । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत रोल्पा वितरण केन्द्रमार्फत आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म रोल्पा जिल्लामा कुल ७६ प्रतिशत विद्युतीकरण सम्पन्न भएको छ जिल्लालाई पूर्ण विद्युतीकरण गर्न अझै २४ प्रतिशत काम गर्न बाँकी रहेको वितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्रका प्रमुख ईश्वरबहादुर विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म विद्युत् महसुल बापत १० करोड ६४ लाख १५ हजार २५६ रुपैयाँ सङ्कलन भएको छ । हाल जिल्लामा ३६ हजार ७३८ विद्युत् ग्राहक रहेका छन् भने सोही अवधिमा २ हजार ६२६ नयाँ ग्राहक थपिएको वितरण केन्द्र प्रमुख विष्टले बताउनुभयो ।
जिल्लामा निर्माण भएका ५ वटा ३३/११ केभी सव स्टेसनमध्ये हाल ३ वटा सञ्चालनमा रहेका छन् भने २ वटा निर्माणाधीन अवस्थामा छन् ।








प्रतिक्रिया राख्नुहोस्