‘एन्फामाथिको निलम्बनप्रति गम्भीर ध्यानाकर्षण’
काठमाडौँ । डिभिजन फुटबलका २१ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)माथिको फिफा निलम्बनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ध्यानाकर्षणबिच क्लबहरूले तत्काल समाधानका लागि तीन बुँदे माग अघि सारेका छन् ।
शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्लबहरूले एन्फामाथिको बाह्य हस्तक्षेप अन्त्य गरी फिफाले लगाएको निलम्बन तत्काल फुकुवा गराउन, एन्फाको तत्काल निर्वाचन गर्न तथा रोकिएका राष्ट्रिय लिग, महिला लिग र यु–१८ सहित सम्पूर्ण फुटबल प्रतियोगिता तत्काल सञ्चालन गर्न माग गरेका हुन् ।
क्लबहरूले लामो समयसम्म निलम्बन कायम रहँदा खेलाडी, प्रशिक्षक, निर्णायक र फुटबलमा लागेका हजारौँ व्यक्तिको भविष्य प्रभावित भएको उल्लेख गरेका छन् ।
‘एन्फा निलम्बन भएको यति लामो समयसम्म पनि निलम्बन फुकुवा गर्नेतर्फ सम्बन्धित निकायहरूबाट ठोस प्रक्रियाहरू प्रारम्भ समेत नभएको हुँदा नेपाली फुटबललाई व्यवस्थित गर्न हामी क्लबहरूको मागहरू पूरा गर्न जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।







प्रतिक्रिया राख्नुहोस्