धनुषा : एक वर्षमा सवारी दुर्घटनाबाट ८२ जनाको मृत्यु
जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८२/८३ मा एक करोड १४ लाख ९ हजार ५ सय १ राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ६ सय ३ सवारी साधन सञ्चालक माथि कारबाही गर्दा सो मात्रामा राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख खगेन्द्र कुमार दहालले जानकारी दिनुभयो ।
आव २०८१/८२ मा २८ हजार ५ सय ३८ सवारी साधन सञ्चालकमाथि कारबाही गर्दा दुई करोड २१ लाख १० हजार ५०० राजस्व सङ्कलन गरेको थियो ।
धनुषा जिल्लामा आव २०८२/८३ मा भएको एक हजार ३ सय ५८ सवारी दुर्घटनामा परी ८२ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ९८ जना घाइते भएका छन् । अघिल्लो आव २०८१/८२ मा धनुषामा एक हजार २ सय २१ सवारी दुर्घटना हुँदा ८४ जनाको मृत्यु भएको थियो ।
सडकको नाजुक अवस्था, मानवीय लापरबाही लगायतका कारण बितेका वर्षमा सवारी दुर्घटना केही बढे पनि दुर्घटनामा मृत्यु हुनेको सख्या घटेको प्रहरी निरीक्षक दाहालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्