तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १२५ ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार २०० कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ कायम थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button