लगातारको बर्षाले नारायणी नदीमा पानीको सतह बढ्दो
नवलपरासी । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतह ह्वात्तै बढेको छ ।
जल तथा मौषम बिज्ञान बिभागका अनुसार सोमवार राती साढे ९ बजे नारायणी फिल्ड अफिस जलमापन केन्द्रमा २ सय २७ मिलिलिटर वर्षा भएको छ । त्यसैगरि पूर्वी नवलपरासीको दुम्कीवास क्षेत्रमा १९१ मिलिलिटर वर्षा भएको छ । बाढिका यी सबै मापन यो वर्षको सबै भन्दा धेरै हो ।
नारायणी नदीमा पानीको बहाब बढदै गएपछि नदी आसपासको क्षेत्रमा सर्तकता अपनाउन स्थानिय बासिन्दालाई जिल्ला प्रशासन कार्यलयले उर्दी जारी गरेको छ ।
नारायणी नदीको गैडाकोटदेखि त्रिवेणीधाम सम्मको झन्डै ६० किलोमिटर क्षेत्र आसपासमा नारायणी नदी किनारका बस्तिमा सर्तकता अपनाउन पर्ने अबस्था छ ।नारायणीमा प्रत्येक बर्ष आउने बाढी बस्तिमा पस्दा सुस्तामा केही वडा जलमग्न हुने गरेका छ्न ।








प्रतिक्रिया राख्नुहोस्