तपाईँ सुन्दै हुनुहुन्छः

सिमलतालमा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको छ । 

निरन्तर भइरहेको वर्षाको कारण साँझ ७ बजेर १५ मिनेट जाँदा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सो सडक खण्डमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै केही समयको लागि सो रूटमा चलने सवारी साधनहरूको आवागमन रोकिएको प्रहरीले जनाएको छ । 

सवारीचालक तथा यात्रुहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button