सार्वजनिक लेखा समिति बैठक: बेरुजु अध्ययन गर्न पाँच वटा उपसमिति गठन
काठमाडौँ। सार्वजनिक लेखा समितिको बैठकले बेरुजु अध्ययन गर्न गठन गरिएको पाँचवटा उपसमितिको नेतृत्व चयन गरेको छ ।

समितिको आज बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीनवटा उपसमिति र एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बाँकी दुई उपसमितिको नेतृत्व दिइने सहमति भएको छ ।
बैठकमा सांसदहरूले बेरुजु सबै पक्षको साझा र सरोकारको विषय भएकोले गठन गरिने उपसमितिमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व र समावेशिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा समितिका सभापति भरतबहादुर खड्काले हाल करिब ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको बेरुजु रहेको र यसको व्यवस्थापनका लागि आर्थिक अनुशासन र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।
सभापति खड्काले समितिले एक वर्षको अवधिमा कति बेरुजु फर्छ्योट गर्न सफल भयो भन्ने विषयको मूल्याङ्कन गरि वित्तीय सुशासनलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको औँल्याउनुभयो ।
अर्थ र सुशासन उप समितिको संयोजकमा रास्वपा सांसद रुकेश रञ्जित, राज्य सुरक्षा, न्याय, कानून र प्रशासन उपसमिति संयोजकमा एमाले सांसद यज्ञ बोगटी, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत र वातावरण उपसमिति संयोजकमा राप्रपाका सांसद खुस्बु ओली, आर्थिक उत्पादन, विज्ञान र मानव पूँजी उपसमितिको संयोजकमा खगेन्द्र सुनार र सामाजिक न्याय, कल्याण र समावेशीकरण उपसमितिको संयोजकमा मनिष झालाई चयन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्