तपाईँ सुन्दै हुनुहुन्छः

सरकारका सय दिनको उपलब्धिबारे सदनमा जानकारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराएको छ ।

बैठकमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका सय दिनका प्रगतिबारे जानकारी गराउँदै सरकारले सय दिने विशेष कार्यसूची नै तयार पारेर आफ्ना कामकारबाही अघि बढाएको बताउनुभयो ।

प्रवक्ता एवं मन्त्री पोखरेलले संघीय मन्त्रालयको संख्या घटाएर १८ कायम गरिएको र संख्या घटाएसँगै वार्षिक करिब २० अर्ब रुपियाँ राज्यकोषमा बचत हुने अनुमान गरिएको जानकारी गराउनुभयो । 

उहाँले अन्य अनावश्यक प्रशासनिक संरचनाहरूको खारेजी र समायोजनमार्फत खर्च कटौती गरी कार्यक्षमता बढाउने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो । 

युनियन व्यवस्था खारेजीलगायतका सुधारात्मक कार्यहरूबाट प्रशासनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइएको र यसबाट समाजमा सकारात्मक सन्देश गएको प्रवक्ता पोखरेलले उल्लेख गर्नुभयो ।

मन्त्री पोखरेलले सरकारले दीर्घकालीन शासकीय रुपान्तरणको आधार निर्माण गर्ने उद्देश्यले पहिलो वर्षलाई शासकीय सुधारको आधार वर्षका रुपमा अघि बढाएको बताउनुभयो ।

प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल शासन, सुशासन, आर्थिक अनुशासन, योजना व्यवस्थापन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रलगायतका सामाजिक क्षेत्रमा सुधारका कार्यक्रम तीव्रताका साथ लागु गरिएको मन्त्री पोखरेले सभामा जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button