भुम्लु गाउँपालिका बन्यो भूमि व्यवस्थापन शाखा सञ्चालन गर्ने जिल्लाकै पहिलो पालिका
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले भूमि व्यवस्थापन शाखा आजबाट सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले आज औपचारिक रुपमा भूमि व्यवस्थापन शाखा सुरुवात गर्नुभयो ।
जग्गा प्रशासन सम्बन्धि काम गर्न संघीय सरकारले पहिलो चरणमा देशभरका ३५ वटा स्थानीय तह छनोट गर्दा जिल्लाको भुम्लु र रोशी गाउँपालिका पनि समावेश भएका थिए ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ भट्टराईले जग्गा प्रशासन सम्बन्धी सम्पूर्ण कार्य आजैबाट सुरु भएको जानकारी दिनुभयो ।
अब भुम्लु बासीलाई जग्गा सम्बन्धी काम गर्न सदरमुकाम धुलिखेलसम्म आउनुपर्ने बाध्यता हटेको छ ।








प्रतिक्रिया राख्नुहोस्