तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु 

सुर्खेत । सुर्खेत प्रहरीको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाकै वीरेन्द्रनगर नगरपालिका–१०, का २१ वर्षीय साकिर बक्स रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हिरासतमा रहेका बक्सको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आजै बिहान प्रदेश अस्पताल कालागाउँ पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डिएसपी) कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । उहाँले मृत्युको कारण भने हालसम्म खुल्न नसकेपनि घटनाबारे थप अनुसन्धान भइरहेको बताउनु भयो । उहाँका अनुसार बक्स चोरी सम्बन्धी मुद्दामा गत जेठ २७ गते पक्राउ परेका थिए ।

शव पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button