तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप २०२६: अमेरिकाद्वारा पाराग्वे ४-१ ले पराजित

Photo: RSS/AFP

काठमाडौँ I फिफा विश्वकप २०२६ को समूह ‘डी’ को आफ्नो पहिलो खेलमा सह-आयोजक अमेरिकाले पाराग्वेलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको छ। 

अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको खेलमा खेलको सातौँ मिनेटमा पाराग्वेका डामियान बोबाडिलाको आत्मघाती गोलबाट अमेरिकाले अग्रता लिएको थियो। त्यसपछि स्टार स्ट्राइकर फोलारिन बालोगनले खेलको ३०औँ र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अमेरिकालाई पहिलो हाफमै ३-० को बलियो स्थितिमा पुर्‍याए। 

Photo: RSS/AFP

दोस्रो हाफको ७२औँ मिनेटमा पाराग्वेका माउरिसियोले एक गोल फर्काए पनि खेलको अन्तिम समय (९७औँ मिनेट) मा अमेरिकाका जियो रेयनाले उत्कृष्ट गोल गर्दै टोलीको ४-१ को जित निश्चित गरे। खेलका दौरान अमेरिकी कप्तान क्रिष्टियन प्युलिसिक सामान्य घाइते भएपछि उनलाई दोस्रो हाफमा मैदान बाहिर राखिएको थियो, जुन टोलीका लागि केही चिन्ताको विषय बनेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button