राष्ट्रियसभा बैठक: प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको सांसदहरूको आरोप

काठमाडौँ I राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सीमा सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको भन्दै सच्याउन माग गर्नुभएको छ ।
बैठकमा नेपाली कांग्रेसका सांसद कमला पन्तले प्रतिपक्ष दलहरू सरकारलाई सहयोग गर्न तयार रहेको बताउँदै राष्ट्रियताका सावालमा पक्ष प्रतिपक्ष भएर कोही पनि विभाजित हुनु नुहुने बताउनुभयो ।
त्यस्तै नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले सिमानामा भारतले ठूला संरचनाहरू निर्माण गरेर हेप्दै आएको सन्दर्भमा भारत स्वयम्ले नभनेको विषयमा प्रधानमन्त्रीले दाबी गर्नु गलत भएको बताउनुभयो ।
बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कुप्रसाद सुवेदीले नेपालको सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिनुभएको अभिव्यक्ति नेपालको सार्वभौमसत्ता हित विपरीत भएको भन्दै उहाँको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाउँदासम्म आफूहरूले नयाँ ढङ्गले विरोध जनाइरहने बताउनुभयो ।
आजको राष्ट्रियसभाको बैठक जारी छ ।








प्रतिक्रिया राख्नुहोस्