सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डल पुनर्गठन
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ । आज उहाँले नेपाली काँग्रेसबाट ३ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव राम बहादुर बिष्टले बताउनुभयो ।

मुख्यमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषदको कार्य विभाजन हेरफेर गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । पुनर्गठित मन्त्रिमण्डलमा काँग्रेसका बिक्रम बहादुर धामी आर्थिक मामिला मन्त्री, बेल बहादुर राना सामाजिक विकास मन्त्री, मान बहादुर रावल उद्योग पर्यटन वन तथा वातावरण मन्त्री र जुना दानी तथा मधु भारती राज्यमन्त्री बन्नुभएको छ ।
सरकारमा एमालेका सुरेन्द्र पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्री, वीर बहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्