रास्वपा कैलालीकाे सभापतिमा ठकुल्ला निर्वाचित
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी कैलालीको सभापतिमा कबिन्द्र ठकुल्ला निर्वाचित हुनुभएको छ ।

सभापतिमा निर्वाचित ठकुल्लाले २६८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिस्पर्धी हरि रेग्मीले २२ मत र महेश चौधरीले ३७ मत प्राप्त गरेको बताइएको छ ।
आज सबेरै घोषित मतपरिणाम अनुसार उपसभापतिमा लखन चौधरी, सचिवमा मदन जोशी, सहसचिवमा गणेश शाही निर्वाचित भएका छन् । यसैगरी सदस्यमा जंग आलेमगर, लक्ष्मी रावल पौडेल, दिपक बिक, लक्ष्मी भट्ट, नरदिप धामी र जिल्ला निर्वाचन क्षेत्रतर्फ १, २, ३, ४, बाट क्रमशः टंक जैशी, कृष्ण बिष्ट, बासुदेव घरडी, दुर्गा अधिकारी निर्वाचित भएका जिल्ला निर्वाचन समितिले जनाएको छ । कुल प्रतिनिधि ५०८ जना रहेकोमा ३३५ जना निर्वाचनमा सहभागी भएको बताइएको छ ।
यसैबिच सभापति पदका उम्मेदवार हरि रेग्मीले निर्वाचन प्रक्रिया पुन शुरुवात गर्न माग गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएको जानकारी दिनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्