तपाईँ सुन्दै हुनुहुन्छः

अत्यावश्यक बाहेकका विद्युतीय उपकरणको प्रयोग कम गन प्राधिकरणको अपिल

चितवन I बढ्दो गर्मीसँगै विद्युत् खपत उच्च भएपछि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले अत्यावश्यक बाहेकका विद्युतीय उपकरणको प्रयोग कम गर्न उपभोक्तासँग आग्रह गरेको छ ।

केन्द्रका प्रमुख राजेन्द्र कुमार चौधरीका अनुसार अत्यधिक विद्युत् मागका कारण प्रसारण तथा वितरण प्रणालीमा ओभरलोड भई न्यून भोल्टेज, ट्रान्सफर्मर पड्कने र तार पग्लिने समस्या देखिएको छ । 

हाल ग्रिड सबस्टेसन अटोमेसनको कार्य र बढ्दो विद्युत् खपतका कारण केही स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको प्रमुख चौधरीले बताउनुभयो । उहाँ अनुसार जनगुनासो बढेपछि बैशाख १६ गते देखि सुरु गरिएको अटोमेसन गर्ने कार्य समेत रोकिएको छ ।  भरतपुर वितरण केन्द्रबाट हाल दैनिक करिब ६५ मेगावाट विद्युत् खपत भइरहेको छ र केन्द्रअन्तर्गत करिब ७५ हजार ग्राहक रहेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button